Incident Reports

गर्भवती महिलाको शङ्कास्पद मृत्यु, प्रहरीद्वारा आरोपितमाथि ‘रेकी’ !

2019-08-19

Province 1, Sunsari, Harinagara, Ward 1

हरिनगर गाउँपालिका–१ की २० वर्षीया गर्भवती महिला बेचनीदेवी दासको भदौ २ गते भएको मृत्यु शङ्कास्पद भएपछि प्रहरीले आरोपितमाथि ‘रेकी’ गरेको छ ।

२४ वर्षीय पति वीरेन्द्र मण्डल घरमा नभएको अवस्थामा भदौ २ गते राति गर्भवती महिलाको मृत्यु भएपछि सासू र ससुरामाथि रेकी राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर अर्जुन पोखरेलले बताए ।

मृतकका मामाले सासू र ससुराले नै हत्या गरेको आरोप लगाएर प्रहरीमा मौखिक उजुरी दिएपनि बिना प्रमाण गिरफ्तार गर्न नमिल्ने भन्दै आरोपितद्वय माथि निगरानी गरिएको इन्स्पेक्टर पोखरेलको भनाई छ ।

शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा राखिएको छ । भदौ ४ गते पोष्टमार्टम रिपोर्ट आएपछि हत्या भए कानुनी प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।

छिमेकी ३२ वर्षीय टोमराज मेहताले खाना खाएर सुतेको मान्छे बिहान मृत अवस्थामा भेटिएको र घाँटीमा निलडाम देखिएकाले सासू–ससुराले हत्या गरेको हुनसक्ने आरोप लगाएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments