Incident Reports

अवैध रूपमा राखिएका नौ जना बालबालिकाको उद्धार

2019-08-20

Bagmati, Kathmandu, Nagarjun, Ward 4

नागार्जुन नगरपालिका-४ बाफलमा दर्ता बिना नै सञ्चालन गरिएको नमूना प्रगतिशील महिला समाजमा अवैध रूपमा राखिएका नौ जना बालबालिकारूलाई प्रहरीले भदौ ४ गते उद्धार गरेको छ।

उद्धार गरिएका बालबालिकाहरूमध्ये पाँच जना बालिका र चार जना बालक रहेका छन् । उद्धार गरिएकाहरूमा कालिकोट जिल्ला घर भएका ६ वर्षीय भूपेन्द्र दर्जी, ६ वर्षीय सन्देश दर्जी, तीन वर्षीय भूमि दर्जी र सात वर्षीया करिश्मा दर्जी रहेका छन् ।

त्यसैगरी बर्दिया जिल्लाका पाँच वर्षीय रोहित बिसी, ११ वर्षीया मिना रावल, नौ वर्षीय सुमन दर्जी, सात वर्षीया नबिना दर्जी र कैलाली जिल्लाकी सात वर्षीया कविता दर्जी रहेको बालबालिका खोजतलास केन्द्रका इन्स्पेक्टर मोहनविक्रम दाहालले बताए ।

मापदण्ड पुरा नगरी तथा दर्ता बिना नै बालबालिकाहरूलाई राखेको आरोपमा प्रहरीले नमूना प्रगतिशील महिला समाजका सञ्चालकहरू कोपिला कुँवर, प्रताप राना, रत्न परियार, सुजित रायमाझी र राधिका पाण्डेलाई गिरफ्तार गरेको इन्स्पेक्टर दाहालले बताए ।

द्वन्द्वपीडित अभिभावकहरूका बालबालिकालाई पढाइदिने प्रलोभन देखाएर उनीहरूलाई काठमाडौँ ल्याइएको तर संस्थाका सञ्चालकहरूले बालबालिकाहरूलाई बन्दी बनाएर राखेको, राम्रोसँग खान नदिएको र विद्यालय समेत नपठाएको भेटिएको र बालबालिकामाथि यौन दुर्व्यवहार भएको सूचना पनि प्राप्त भएको भन्दै यस विषयमा गम्भीर अनुसन्धान गरिने इन्स्पेक्टर दाहालले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 11
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Rupandehi

0 Comments