Incident Reports

बालकको हत्या गरेको आरोपमा प्रहरीमा उजुरी l

2013-11-27

Province 1, Jhapa, Arjundhara

३० आफ्नो सानो नानीलाई स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार गरेर आफ्नो घर फर्कँदा बालक आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको उनका बाबु ३० वर्षीय नारायण श्रेष्ठ र कान्छी आमा रिना श्रेष्ठले बताउँदै आए पनि घटना बुबा र कान्छी आमाले सुनियोजित रुपमा गराएको आरोपमा मृतककी आमा तथा आरोपित श्रेष्ठकी जेठी श्रीमती कुमारी श्रेष्ठले प्रहरीमा जाहेरी दिएकी हुन् । झुण्डिएको अवस्थामा फेला पारेको छोरालाई उद्धार गरी कञ्चनजंघा अस्पताल विर्तामोडमा बाबु नारायणले ल्याएको भनिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बालकको मृत्यु भएपछि स्थानीयवासीले विरोध गरेपछि बालकको शव फोस्टमार्टमको लागि सोही दिन मेची अञ्चल अस्पतालमा लगिएकोमा अस्पतालका चिकित्सकहरूले पोस्टमार्टम गर्न मानेनन् । त्यसपछि बालकको शवको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम भएको थियो । मङ्सिर ११ गते स्थानीय देवनियाँ खोलामा भएको मृतक बालकको दाहसंस्कारमा बाबु तथा सौतेनी आमालाई सयौँ स्थानीयले छोराको हत्या गरेको भनि आक्रमण गर्न खोजेपछि प्रहरीले सुरक्षा दिई दाहसंस्कार गर्नुका साथै आरोपित दुवै जनालाई गिरफ्तार गरी ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेको छ । घटना विवादित भएको र अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर भुवनेश्वर तिवारीले बताएका छन् । उनले पोस्टमार्टमको रिपोर्ट आएपछि धेरै कुरा थाह हुने र अनुसन्धानमा सहजता हुने बताए । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis