Incident Reports

मोर्चाका अध्यक्ष राजन मुक्ति गिरफ्तारपछि सार्वजनिक l

2013-11-27

Madhes, Dhanusha, Janakpur

Binod Kumar Rabidas लक्ष्मीपुर वगेवा गाविस-७ निवासी जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति भनिने २९ वर्षीय रंजित कुमार झालाई प्रहरीले मङ्सिर १२ गते जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । मोर्चाका अध्यक्ष मुक्तिलाई पर्सा जिल्लाको ठोरी गाविस-५ बाट मङ्सिर २ गते प्रहरीले गिरफ्तार गरेकोमा आज सार्वजनिक गरेको हो । मोर्चाका अध्यक्ष मुक्तिको संलग्नतामा १२ ओटा कर्तव्य ज्यान घटना भएकोमा सो घटनामा १६ जनाको हत्या, विस्फोटको १ घटनामा पाँच जनाको मृत्यु, ज्यान उद्योग अन्तर्गत सात ओटा घटनामा ४३ जना घाइते र डाँकाको दुई ओटा घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ । कूल २६ ओटा घटनामा २१ जनाको हत्या र ४७ जना घाइते भएकोमा सबै घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको एसपी उत्तम राज सुवेदीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । राजन मुक्तिलाई संगठित अपराध सम्बन्धी ऐन २०६९ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको एसपी सुवेदीले बताए । तराई मधेशमा भएका विभिन्न घटनाहरूमा राजन मुक्तिको संलग्नताको खोजी पश्चात मुद्दामा जाने कुरा एसपी सुवेदीले जानकारी गराए । हालसम्म नेपालमा संगठित अपराध सम्बन्धी एउटा मुद्दा हनुमानढोकामा हुँदा आफूले चलाएको र यो दोस्रो मुद्दा हुने उनले जनाए । विनोद कुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis