Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-22

Karnali, Rukum West, Chaurjahari, Ward 5

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरजहारी नपा-५ खहरे घर भएका २५ वर्षीय तेज बुढा भन्ने तेजविक्रम विएमलाई भदौ ९ गते मुसिकोट नपा-५ सेरीगाउँबाट गिरफ्तार गरेको छ ।

आरोपित बुढाले दुई वर्ष अघिदेखि दिदीको घरमा बस्दै आएकी पीडित युवतीलाई सामाजिक सञ्जाल फेसबुकबाट परिचय गरी भदौ ५ गते विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिममा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरी पश्चात् आरोपितलाई गिरफ्तार गरी हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डिएसपी सुमित खड्काले जानकारी दिए । पीडित युवतीको स्वास्थ परीक्षण भदौ ९ गते जिल्ला अस्पताल, सल्लेमा भएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments