Incident Reports

गोली प्रहारबाट एक व्यापारी घाइते

2019-08-21

Madhes, Sarlahi, Balara, Ward 6

बलरा नपा-६ मिर्जापुरका ३४ वर्षीय राकेशकुमार सिंहलाई भदौ ४ गते गोली हानी घाइते बनाएको आरोपमा सोही ठाउँका २८ वर्षीय रामेश यादवलाई भदौ ८ गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बलराले जनाएको छ ।

सिंहले मिर्जापुरमा व्यपार/व्यवसाय गरिरहेको अवस्थामा अनटेस्ट मोटरसाइकलमा सवार तीन जनाको समूहले गोली प्रहार गरेको आरोप छ ।

हतियारधारी समूहले गोली प्रहार गरी मिर्जापुर चोकको दक्षिण तर्फो बाटो हुँदै भारततिर भागेको स्थानीय बासिन्दाले जानकारी गराएको छ ।

सिंहको बाँया गोडामा गोली लागेको र बाँया हात भाँचिएको छ । घाइते सिंहको उपचार सर्लाही जिल्ला अस्पतालमा गरेपछि थप उपचारका लागि बीरगंज लगिएको छ ।

घाइते सिंहका बुबा उमाकान्त सिंहले इलाका प्रहरी कार्यालय बलरामा भदौ ५ गते उजुरी दिएका छन् । अन्य आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports