Incident Reports

कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी

2019-08-20

Gandaki, Nawalparasi East, Kawasoti, Ward 8

हुप्सेकोट गाउँपालिका-१ बस्ने ६७ वर्षीया मनकुमारी मल्ललाई आफुलाई माताबताउने कावासोती-८ बस्ने ३४ वर्षीया ओममाया ठाडाले भदौ ३ गते कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको भन्दै भदौ ९ गते प्रहरीमा दिएको उजुरी भदौ १० गते दर्ता भएको छ ।

छोरा बिरामी भएको भन्दै उपचारका लागि ठाडाको घरमा गएकी मनकुमारीलाई आरोपित ठाडाले कथित बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पीडितले उजुरी दिएकी थिइन् ।

भदौ ४ गते देखि नै उजुरी लिएर जिल्ला प्रहरी कार्यालय गएको भएपनि आवश्यक अनुसन्धान र प्रमाण नभएको भन्दै प्रहरीले उजुरी लिन ढिलाइ गरेको पीडित मनकुमारीका छोरा मिन मल्लले बताए ।

आरोप लगाएको प्रमाण नभएको भन्दै पटकपटक छलफल र मिलापत्रको लागि प्रहरीले दबाब दिएको भन्दै पीडित पक्षले भदौ ९ गते इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेलाई आवश्यक सहयोग गर्न आग्रह गरेका थिए ।

इन्सेक प्रतिनिधिले उजुरी दर्ता गर्न एसपी मोहन पोखरेललाई ध्यानाकर्षण गराएका थिए । एसपी पोखरेलले घटनाको आवश्यक अनुसन्धान भइरहेको र उजुरी दर्ता गर्ने प्रतिक्रिया दिएका थिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports