Incident Reports

काङ्ग्रेस कार्यकर्ताद्वारा माओवादी जिल्ला सदस्यलाई खुकुरी प्रहार l

2013-11-11

Bagmati, Nuwakot, Meghang

Keshav Mishra नुवाकोट । ०७० कात्तिक २६ गते, सामरी गाविस-१ निवासी माओवादीका जिल्ला सदस्य ४२ वर्षीय रामेश्वर खड्का र छोरा मछिन्द्रनाथ खड्कालाई कात्तिक २५ गते राती १२ बजेको समयमा सामरी गाविस-६ स्थित पार्टी कार्यालयमा बैठक बसिरहेको अवस्थामा काङ्ग्रेस क्षेत्रीय सभापति जगतबहादुर तामाङ्गको नेतृत्वमा सोही गाविस-२ बस्ने आषा तामाङ्ग, सोही गाविस-३ बस्ने हरिकुमार तामाङ् सहित १५ जनाको समूहले खुकुरी तथा तरवार प्रहार गरी घाइते बनाएको एमाओवादीका जिल्ला सदस्य नवराज ढुङ्गानाले बताएका छन् । घाइते दुवै जनालाई रातीनै उपचारका लागि महराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालमा लगिएको एमाओवादी जिल्ला सदस्य ढुङ्गानाले जनाए । उक्त घटना बारे काङ्ग्रेस जिल्ला सचिव लक्ष्मण श्रेष्ठले स्थानीय जनतावीच झडप भएको सुनिएको तर जानकारी नआएको बताए । केशव मिश्र

0 Comments

Related Reports
Related Trend Analysis