Incident Reports

बालकलाई बाँधेर कुटपिट तथा अमानवीय व्यवहार वडा अध्यक्षमाथि आरोप

2019-08-19

Madhes, Bara, Kalaiya, Ward 12

कलैया उपमहानगरपालिका-१२ धर्मनगरका ३२ वर्षीय जागा पासवानको १० वर्षीय छोरा गुलसनकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष राजेश्वरप्रसाद केशरी बनियाले बाधेर कुटपिट गरेको भन्दै पीडित परिवारले भदौ ९ गते प्रहरी कार्यालय बारामा उजुरी दिएको छ ।

भदौ १ गते सोही ठाउँका ५२ वर्षीया हिरा केशरी बनियाको पसलमा बेलुका सात बजेको समयमा बालक गुलसनकुमार उनीसँग रहेका साथीसँग चक्लेट किन्न गएको र पसलमा कोही नभएपछि चकलेट झिकेर खाएको आरोपमा बानियाले कुटपिट गर्दै वडा अध्यक्ष राजेश्वरप्रसाद केशरी बनियाको घरमा लिएर गएका थिए ।

वडा अध्यक्ष राजेश्वरप्रसाद केशरी बनियाले बालकलाई कुटपिट गरी शरीरको पछाडिपट्टि दुवै हात डोरीले बाँधी खाना नदिई रातभर आफ्नो नियन्त्रणमा राखेको पीडित बालकका बुबा जागा पासवानले बताए । उनले घर परिवारको सदस्यले रातभर खोजतलास गर्दा छोरा फेला नपरेको बताए ।

भदौ २ गते बिहान सात बजेको समयमा गुलसनकुमारको टाउको मुण्डन गरी गाउँभरी घुमाइरहेको जानकारीपाएपछि सोही समयमा वडा अध्यक्षको नियन्त्रणबाट घरमा ल्याएको पीडित बालको बुबाले जानकारी दिए ।

वडा अध्यक्ष राजेश्वरप्रसाद केशरी बनिया र हिराकेशरी बनियाले मुलुकी अपराध संहिता २०७४ को दफा ११८ नं. बमोजिम अभद्र व्यवहार गरेको हुँदा निजहरूलाई गिरफ्तार गरी आवश्यक कारबाही र शरीर बन्धकको कसुरमा सजाय गरी क्षतिपुर्ति दिलाई पाउँ भनी पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा माग गरीएको छ ।

उजुरीमा घटनास्थल प्रकृति मुचुल्का, साक्षी सर्जमिन बुझ्न माग गरेको पीडित बालकका बुबाले बताए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरले घटना जानकारी हुनासाथ दुवै पक्षलाई भदौ १० गते कार्यालयमा हाजिर हुन बोलाएको बताए ।

उनले दुवै पक्षको रोहबरमा छलफल भएपछि मात्र बास्तविकता खुलेपछि मात्र कारबाही पक्रिया अगाडि बढाइने बताए ।

भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC , Local Newspaper - Bara

0 Comments