Incident Reports

हत्या आरोपमा तीन बालक पक्राउ

2019-08-25

Lumbini, Rukum East, Putha Uttarganga, Ward 8

पुथा उत्तरगङ्गा गाउँपालिका–८ गरालीका ७२ वर्षीय गङ्गे बोहोराको हत्या गरेको आरोपमा सोही ठाउँका तीन बालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै १८ वर्ष मुनी रहेको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी योगेन्द्रकुमार खड्काले प्रमाण भेटिएकाले तीन जना बालकलाई पक्राउ गरेको बताए । बालक भएकाले पक्राउ परेकाको नाम गोप्य राखिएको छ । बोहोराको ८ भदौमा खुकुरी र सनासो प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न रहेको प्रमाण भेटिएपछि १० भदौमा स्थानीय बालकहरूलाई प्रहरीले पक्राउ गरेको हो । खड्काले बुधबार तीन जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको बताए । 

‘पक्राउ परेका तीनै जना १८ वर्ष मुनिका छन्,’ उनले भने, ‘हत्याको कारण खुलेको छैन । गाली गरेको रिसमा हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएकाे छ ।' उनीहरुको सुनुवाइ बाल इजलासमा हुने भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments