Incident Reports

श्रीमती भगाउन मद्दत गरेको भन्दै बालकको अपहरण !

2019-08-30

Madhes, Siraha, Karjanha, Ward 2

१३ भदौ, जनकपुरधाम । आफ्नी श्रीमती भगाउन सहयोग गरेको भन्दै एक भारतीय नागरिकले सिरहाबाट अपहरण गरेका बालकको प्रहरीले उद्दार गरेको छ ।

भारतको बिहार राज्य अन्तर्गत सितामढीका शोभित मुखियाले आफ्नी श्रीमतीलाई अर्कासँग भाग्न मद्दत गरेको भन्दै सिरहाको बन्दीपुर निवासी बच्चा यादवका ५ बर्षीय छोरालाई गत मंगलबार अपहरण गरेका थिए ।

रौतहटको कटहरिया निवासी बच्चा आफ्ना पत्नी र ५ बर्षीय छोरा शिबमसहित सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरका शंकर कार्कीको घरमा डेरा लिएर बस्दै आएका थिए । सिरहामै चटपटे बेचेर पत्नी सुरेखासँगै मुखिया पनि कार्कीकै कोठा भाडामा लिएर बस्दै आएका थिए ।

मुखिया बाहिर गएको मौका छोपी उनकी पत्नी सुरेखा गत भदौ २ गते भागेकी थिइन् । पत्नी भागेपछि यादव दम्पत्तिले नै भगाएको आरोप लगाउँदै मुखियाले यादवका छोरा शिबमको कोठाबाटै अपहरण गरेका थिए ।

मुखियाले बालक रिहाईका निम्ति आफ्नो श्रीमती फिर्ता माग्दै आएका थिए । ‘मेरो श्रीमती ल्याइदेऊ र आफ्नो छोरा लिएर जाऊ’ भनेर मुखियाले पटक–पटक फोन गरेका थिए । प्रहरीले मुखियाको फोनको लोकेसन पछ्याउँदै सर्लाहीको विष्णुपुर गाउँपालिका ५ बाट बिहीबार राति बालकलाई मुक्त गराएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय, सिरहामा पत्रकार सम्मेलन गरी प्रहरीले मुक्त गरेका बालकलाई अभिभावकको जिम्मा लगाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Mahottari

0 Comments

Related Reports