Incident Reports

ताप्लेजुङबाट मतदाता परिचय पत्र वितरण सुरु, मतदान गर्ने अधिकारबाट वञ्चित गर्ने अधिकार कसैलाई छैनः प्रमुख अखयुक्त उप्रेती l

2013-11-12

Province 1, Taplejung, Phungling

Dev Raj Gurung ताप्लेजुङ । ०७० कात्तिक २६ गते, निर्वाचन आयोगले जारी गरेको मतदाता परिचय पत्र वितरण ताप्लेजुङदेखि सुरु भएको छ । आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले दुई जना मतदातालाई मतदाता परिचय पत्र प्रदान गर्दै मतदाता परिचय पत्र वितरण पूर्वबाट सुरु भएको घोषणा गरे । कात्तिक २६ गते ताप्लेजुङ आएका आयुक्त उप्रेतीले दोखु गाविस-१ का ३६ वर्षीय आनन्द गौतम र फुङलिङ गाविस-४ का राजेन्द्र श्रेष्ठलाई परिचय पत्र प्रदान गरेका थिए । अधिकांश जिल्लामा परिचयपत्र पुगे पनि वितरण भने ताप्लेजुङबाट सुरु गरिएको उनले जानकारी दिए । बाँकी जिल्लामा चाँडै नै पुर्‍याउने बताउँदै उनले भने, 'मतदान केन्द्रमा तोकिएका मतदान अधिकृत मार्फत परिचयपत्र वितरण गर्न निर्देशन दिएको छु ।' मंसीर ४ अगावै राष्ट्रिय परिचयपत्र जारी गर्न संम्भव नभएकाले तत्कालका लागि परिचय पत्र वितरण जारी गरिएको उनले प्रष्ट पारे । सदरमुकामस्थित श्रीबक्स गुल्मको मैदानमा परिचय पत्र वितरण गर्दै चुनाव भयरहित वातावरणमा हुने भएकाले ढुक्क भएर मतदातालाई मतदान गर्न पनि उप्रेतीले आग्रह गरेका थिए। एउटा मतदान केन्द्रबाट अर्को मतदान केन्द्रमा मतपेटिका पुर्‍याउन धेरै समय लाग्ने भएकाले ताप्लेजुङलाई सुरक्षाको दृश्टिकोणले संवेदनसील जिल्लाको सूचीमा राखिएको उप्रेतीले बताए । लोकतन्त्रप्रति जिम्मेवार दलहरु चुनावमा सहभागी हुनुको विकल्प नभएको भन्दै उनले चुनाव वहिस्कारमा रहेका ३३ दलिय मोर्चालाई वन्द लगायतका कार्यक्रम फिर्ता लिन आग्रह गरे । लोकतन्त्रमा विरोध गर्ने अधिकार भएपनि अवरोध गर्ने अधिकार नभएकाले मतदातालाई मतदान गर्नबाट बञ्चित गर्ने अभियानमा लाग्नेहरूलाई लोकतन्त्र विरोधीको संज्ञा दिए । जिल्लाको शान्ति सुरक्षा र चुनावी माहौलवारे सरकारी कार्यालयका प्रमूखहरूसँग जानकारी लिदै उनले जिम्मेवारी पुरा गर्न निर्देशन दिए । देवराज राई

0 Comments

Related Reports
Related Trend Analysis