Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-09-02

Sudurpashchim, Achham, Turmakhad, Ward 8

१६ वर्षीया बालिकलाई अपहरण पश्चात बलात्कार गरेको आरोपमा प्रहरीले तुर्माखाँद गाउँपालिका–८ पुनेपाटाका २० वर्षीय गोपाल बिकलाई भदौ १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले बसबाट धनगढीतर्फ लगिरहेको अवस्थामा चौरपाटी गाउँपालिकाको चौखुट्टे प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले बताए ।

पीडित बािलकाका आफन्तले भदौ १४ गते बालिका अपहरणमा परेको र भदौ १६ गते अपहरण गरेर बलात्कार गरेको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी शाहीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल, अछाममा भदौ १७ गते गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

शिवराज ढुङ्गाना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments