Incident Reports

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

2019-09-04

Lumbini, Nawalparasi West, Pratappur, Ward 1

३३ वर्षीया महिलालाई बेचबिखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–१ की २४ वर्षीया पुजा भनिने निर्मला कोइरीलाई भदौ १८ गते गिरफ्तार गरेको छ । 

पीडितलाई आरोपित निर्मलाले एक वर्ष अघि वैदेशिक रोजगारीको लागि कुवेत पठाएको र दुतावासमा अलपत्र पारेको भन्दै पीडितले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

एक वर्ष पहिले कुवेत गएको र अलपत्र परेपछि  दुतावासको सहयोगमा घर फर्कन सफल भएको पनि पीडितले बताइन् ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।

नारायण पराजुली

0 Comments