Incident Reports

जबरजस्ती बन्द गराएको आरोपमा पाँच जना गिरफ्तार l

2013-11-11

Sur Bahadur Pariyar कैलाली । ०७० कात्तिक २६ गते, जबरजस्ती बन्द गराउँदै हिँडेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कैलालीले नेकपा-माओवादीका पाँच जना कार्यकर्ताहरूलाई पूर्व पश्चिम लोकमार्ग स्याउले बजारबाट गिरफ्तार गरेको छ । पूर्व पश्चिम लोकमार्गमा चलिरहेका गाडीहरूलाई जबरजस्ती रोकेर अवरोध गरिरहेका अवस्थामा नेकपा-माओवादीका मजदुर नेता अनुकुल भनिने लोकबहादुर पल्लीमगर, विनोद भनिने थारुवन राज्य समितिका सदस्य तेजबहादुर विष्ट, कान्ती भनिने धिरेन्द्र भण्डारी, शुभि भनिने वीरबहादुर विक र समुद्ध भनिने दिनेश थापालाई कात्तिक २५ राती गिरफ्तार गरेएको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी मोहनराज जोशीले बताए । गिरफ्तारमा परेकाहरूका बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका एसपी जोशी जानकारी दिए । माओवादी कार्यकर्ताहरूलाई प्रहरीले स्याले बजारको एक होटलमा नास्ता खाईरहेको अवस्थामा विना कारण गिरफ्तार गरेको नेकपा-माओवादीका जिल्ला सचिव महेश बडुवालले जानकारी दिए । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis