Incident Reports

श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गयो

2019-09-05

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 2

श्रीमानले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो ।

श्रीमतीको हत्या गरेलगत्तै स्थानीयवासीले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले सीतारामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । प्रहरीका अनुसार हत्याको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।   मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सीतारामलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोद खेरवालले जानकारी दिए । राई दम्पतीको एक छोरा छन् ।   


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website , INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments