Incident Reports

बाटो बनाउन माग गर्दै प्रदर्शन

2019-06-17

Madhes, Dhanusha, Janakpur, Ward 1

सोमबार जनकपुरधान उपमहानगरपालिका वडा नं. १ मिल्स एरिया स्थित रहेको रेल्वे लिकदेखि शिवपुर जाने बाटो अत्यधिक जीर्ण भएको भन्दै स्थानियहरु प्रदर्शन गरेका हुन् ।

उनीहरुले बाटो मर्मत सम्भारको माग गर्दै टायर बालेर प्रदर्शन गरेका थिए । जनकपुरको मिल्स एरियादेखि बेंगाशिवपुर जानेबाटो जीर्णताका कारण बर्षायाममा हिडन सक्ने अवस्था नरहने तथा विभिन्न समयमा दुर्घटनाको शिकार आम सर्वसाधारणहरु भईरहेको भन्दै बाटो सुधारको लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई स्वयंम उपस्थित हुन स्थानीयहरुले माग गरेका थिए।

उनीहरुले हातमा प्लेकार्ड बोकेर "मेयर आउनुपर्छ, बस्तुअवस्था बुझनुपर्छ" भन्ने नारा सहित - स्थानीय जनप्रतिनीधिको पनि विरोध गर्दै चक्काजाम समेत गरेका हुन् । असार चढेपनि यसपाली बाटो सडक बनेन भने बर्षायाममा घरमा बस्नुपर्ने अवस्था समेत रहने नगरेको भन्दै उनीहरुले समयमै बाटोको जीर्णता उद्धार गर्नुपर्ने चेतावनी दिदै बाटो अवरुद्ध गरेका थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारि प्रदिपराज कणेलले प्रदर्शन स्थलमा पुगि दर्शनकारिलाइ समझाइ बुझाइ गरि अवस्थालाइ समान्य बनाएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Mahottari

0 Comments