Incident Reports

लोकसेवा आयोगको विरोध

2019-06-07

Province 1, Sunsari, Dharan

लोकसेवा आयोगले गरेको विज्ञापनमा आरक्षण कोटा कटौती गरी सूचना निकालेको प्रति संघीय लिम्बुवान मञ्चले पनि धरानमा विरोध प्रदर्शन गरेको छ। पार्टी कार्यालयबाट झण्डा नाराजुलुससहित आएर धरानको भानु चोकमा कोणसभामा परिणत भएको हो।

कोणसभालाई सम्बोधन गर्दै संघीय लिम्बुवान केन्द्रीय सचिवले कम्युनिष्ट सरकार आएपछि नेपाली जनताले अब केहि होला भन्ने आशा अवस्य गरेका थिए तर लगत्तै लगत्तै उल्टो काम गरेको बताए।

संविधानको मर्म विपरित लोकसेवाको विज्ञापनमा खुल्ला तर्फ ५५ प्रतिशत र ४५ प्रतिशत आर क्षणमा कटौती गरेकोमा घोर विरोध जनाए। संघीयता लोकतन्त्रको विरुद्ध गएर संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशीको विज्ञापन निकालेको बताए।

संघीय लिम्बुवान मञ्च सुनसरी अध्यक्ष अमर इजमले सांकेतिक र शान्तिपर्ण विरोध रहेको बताए। संविधानतः आरक्षण कोटा कुनै पनि हालतमा सुनिश्चित हुनुपर्ने बताए।

काठमाडौमा पनि पार्टीले विरोधको कार्यक्रम गरिरहेको बताए। थप आन्दोलनका कार्यक्रमहरु सबै पक्षसग बसेर छलफल पश्चात् सार्वजनिक गरिने इजमले बताए।

लोकसेवा अयोगले ६१६१ जनाको दरबन्दीमा विज्ञापन गरेकोमा संविधान बमोजिमको आरक्षण नगरी खुलाएको छ। संविधान तथा कानुनअनुसार कुल संख्याबाट ५५ प्रतिशत खुल्ला र ४५ प्रतिशत आरक्षणमा छुट्याउनुपर्ने प्रावधान छ ।

छुट्याइएको ४५  प्रतिशतलाई शत प्रतिशत मानेर आदिवासी जनजाति, महिला, मधेसी, दलित, अपांग, पिछडा वर्गलाई प्रतिशतका आधारमा आरक्षण कोटा छुट्याएर विज्ञापन गर्नुपर्ने हुन्छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Limbuwan/Khombuwan Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Sunsari

0 Comments