Incident Reports

लमजुङमा टेलिकमका दुई ओटा गाडी तोडफोड l

2013-11-11

Gandaki, Lamjung, Besishahar

Krishna Prasad Adhikari लमजुङ । ०७० कात्तिक २६ गते, अपरिचित व्यक्तिहरूले पूर्वी लमजुङको चिती गाविस-७, धुवाँखोलामा नेपाल टेलिकम लमजुङ शाखाको बा ५ च २२१४ र बा ९ च १८५९ नम्बरको गाडीमा कात्तिक २५ गते राती तोडफोड गरेका छन् । ३३ दलीय मोर्चाले कात्तिक २५ गते आह्वान गरेको बन्द बेलुका ५ बजे खुलेपछि पोखराबाट मोवाईलको टावर निर्माणका लागि चाहिने सामाग्री बोकेर सामान पुर्‍याई फर्कने क्रममा राती १० बजे गाडीमाथि तोडफोड भएको टेलिकम लमजुङ शाखाका प्रमुख सुभाष न्यौपानेले वताए । ढुङ्गामुढा प्रहार गरी तोडफोड गर्दा गाडीका सिसाहरू फुट्नुका साथै गाडीको भाग कुचिएका छन् । गाडीलाई नेपाली सेनाको पशुपतिप्रसाद गण उदीपुरमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले गाडीमा सामान्य क्षति पुगेको र काममा फर्केको बताए । टेलिकम प्रमुख न्यौपानेले भने यातायातका साधनले मर्मत नगरेसम्म काम दिनसक्ने अवस्थामा रहेको बताए । घट्नाको सम्बन्धमा बन्द आयोजक नेकपा-माआवादीले गाडी तोडफोड आफूले नगरेको र आफूले बदनाम गर्न अन्य सक्तिले नै गरेको आरोप लगाएको छ । कृष्णप्रसाद अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis