Incident Reports

सञ्चालक समितिद्वारा नै रेडियोमा तालाबन्दी

2019-09-06

Sudurpashchim, Bajura, Badimalika

जिल्ला सदरमुकाम मार्तडीमा विगत सात वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पौरखीमा भदौ २० गते एकाकएक रेडियो सञ्चालक समितिले तालाबन्दी गरेको छ ।पौरखी विकास सहकारी संस्थामार्फत सञ्चालन हुँदै आएको उक्त रेडियो सञ्चालन भइरहेकै बेला समितिका अध्यक्ष रामचन्द्र यादव र सह–सचिव सुरेन्द्र नाथले कर्मचारीलाई कुनै जानकारी नै नगराई एकाएक बन्द गरेको रेडियोमा कार्यरत राजेन्द्र रोकायाले बताए ।

भदौ २० गते दिउँसो ४ बजेको समयमा रेडियोमा कार्यरत कर्मचारीले रेडियो सञ्चालन गरिहेका बेला अध्यक्ष र सह सचिवले कर्मचारीलाई दबाब दिँदै बन्द गर्न लगाएको राजेन्द्र रोकायाले बताए ।उनले भने–‘समितिका अध्यक्ष र सहसचिवले तिमीहरू काम गर्न सक्दैनौ । आजबाट रेडियोमा अनिश्चित कालसम्मका लागि तालाबन्दी गर्छौँ भन्दै रेडियोमा ताला लगाए ।’सहकारीका करिव ५ सय जना शेयर सदस्यहरूको रकमले सञ्चालनमा ल्याएको उक्त रेडियो एकाएक बन्द गरिएको हो ।सञ्चालक समितिमा रेडियो बन्द गर्ने बहुमत नहुँदा पनि मनपरी रूपमा रेडियो बन्द गर्दा नागरिकमा नकारात्मक प्रभाव परेको कर्मचारीहरूले बताएका छन् ।रेडियोको लामो समयपछिको नयाँ कार्य समिति चयन भएको तीन महिना नहुँदै समितिले कर्मचारीलाई जानकारी बिना रेडियो बन्द गरेका हुन् ।

सहकारी तथा रेडियो सञ्चालक समितिका अध्यक्ष रामचन्द्र यादवले भने कर्मचारीले रेडियो नियमति रूपमा सञ्चालन गर्न नसकेको र सञ्चालक समितिले भनेको नमानेकाले नयाँ कर्मचारी ल्याउने गरी बन्द गरिएको बताए ।भदौ १९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आफू र सहसचिव गएर रेडियोमा ताला लगाएको अध्यक्ष यादवले बताए ।कर्मचारीलाई बिना जानकारी एकाएक रेडियो बन्द गरेर हटाउन खोजेको भन्दै नेपाल प्रेस युनियन बाजुराले आपत्ति जनाएको छ ।रेडियोमा नियमित रूपमा काम गरिरहेका कर्मचारीलाई हटाउने नियतले रेडियो बन्द गर्नु गैरकानुनी भएको प्रेस युनिय बाजुराका सचिव प्रशान्तराज बताए ।उनले कर्मचारीलाई पुनःस्थापना गर्नका लागि युनियनले सञ्चालक समितिसँग आग्रह गरेको जानकारी दिए ।

कर्मचारीलाई पुनःस्थापना नगरिए थप आन्दोलनका चरण सुरु गर्ने युनियनले चेतावनी दिएको सचिव जोशीको भनाई रहेको छ ।पौरखी विकास सञ्चार सहकारी संस्था लि.द्वारा सञ्चालित रेडियो पौरखीमा कार्यरत कर्मचारीहरूले रेडियो एकाएक बन्द गरेर तलब विना काम गर्दागर्दै पनि सञ्चालक समितिलले हटाउने षडयन्त्र गरेको आरोप लगाएका छन् ।विगत सात वर्षदेखि काम गर्दै आएका प्राविधिक प्रमुख मानबहादुर ऐडीले दुई वर्षदेखि तलब बिना काम गर्दा पनि काम नगरेको आरोपमा रेडियो बन्द गर्दा दुःख लागेको बताए ।रेडियोमा कार्यरत पाँच जना कर्मचारीमध्ये चार जना कर्मचारी डेढ वर्षदेखि तलब रकम नबुझेरै काम गरिरहेका छन् ।उनीहरू भन्छन्–‘तलब नलिएर काम गर्दा पनि विभिन्न बाहनामा रेडियो बन्द गर्नु सञ्चालन समितिको मनपरीतन्त्र हो ।’

पदमबहादुर सिंह

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Others
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
INSEC

0 Comments

Related Trend Analysis