Incident Reports

७० वर्षीया महिलामाथि बलात्कार गरेको अभियोगमा ४० वर्षीय पुरुष पक्राउ

2019-09-06

Madhes, Saptari, Khadak, Ward 8

७० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा सप्तरीमा ४० वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खडक नगरपालिका–८ मुसहरनिया बस्ने ४० वर्षीय रोहित सदा छन् ।

प्रहरीका अनुसार सदाले धाक, धम्की देखाएर पर्वत घर भएकी ७० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेका थिए ।

पीडित पक्षले स्थानीय प्रहरीमा उजुरी दिएपछि फरार भएका सदालाई प्रहरी चौकी बिसनपुरको टोलीले पक्राउ गरेको हो ।

सदालाई बिसनपुरमै रहेको एउटा मदिरा पसलमा मदिरा पिउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Saptari

0 Comments