Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-08-26

Sudurpashchim, Baitadi, Sigas, Ward 8

१६ वर्षीया बालिकालाई भदौ ३ गतेदेखि ९ गतेसम्म सिगास गाउँपालिका–८ खेतकोटका २८ वर्षीय रमेशसिंह ऐरले बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १८ गते जिल्ला प्रहरी कार्यालय, बैतडीमा आरोपितविरूद्ध उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ३ गतेदेखि ६ गतेसम्म पाटन नगरपालिका–६ पाटन बजार र भदौ ८ र ९ गते डडेल्धुरा बजारको होटलमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको हो ।

आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेयले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १८ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको डिएसपी पाण्डेयले बताए ।

नरी बinडु

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments