Incident Reports

आफ्नै कार्यकर्ताबाट नेकपाको कार्यालयमा आक्रमण

2019-05-24

Madhes, Parsa, Pokhariya

पर्साको पोखरीया नगरपालिका स्थित नेकपाको पार्टी कार्यालयमा आक्रमण भएको छ।नेकपाको पार्टी कार्यालयमा रंगरोगन गरि पार्टीको भण्डा, ब्यानर राखि व्यवस्थित गरिएको केहि दिन नवित्दै आफ्नै कार्यकर्ताले आक्रमण गरेका छन् ।  

जेठ १० गते शुक्रवार राति १ बजेको समयमा भएको आक्रमणमा पार्टीको झण्डा, गेटमा लगाईएको - साईबोर्ड, कार्यालय परिसरमा रहेका बोटविरुवा नष्ट भएका छन ।

आफनै कार्यकर्ताबाट पार्टी कार्यालयमा आक्रमण हुँदा नेकपाको पोखरीया नगर कमिटी स्तब्द बनेको छ। शनिवार पूर्व सांसद एंव नेकपाको पोखरीया नगर कमिटी अध्यक्ष प्रधुमन चौहानको अध्यक्षतामा बसेको नगर कमिटीको बैठकले घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । घटनामा संलग्न दोषीको पहिचान भई सकेकोले छानविन गरी पार्टीको आन्तरिक कारवाहीको साथै कानुनी कारवाही गर्न माग गरेको छ। गत जेष्ठ ३ गते मदन आश्रित स्मृति दिवस र नेकपाको एकिकरणको एक बर्ष पुरा भएको अवसरमा वीरगंज रामधर्वा १ मनमोहन नगर स्थित नेकपाको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सदस्य रामबाबु वैठाले पोखरीया नगर कमिटीको कार्यालय स्थापना विधि सम्वत नभएकोमा आपत्ति जनाएकोले वैठाकै समूहबाट पार्टी कार्यालयमा गएराति आक्रमण भएको वैठकमा आशंका गरिएको छ। 

यस सन्दर्भमा प्रदेश सदस्य रामबाबु बैठाले पार्टी कार्यालयको घटना निन्दनिय भएको बताएका छन । आशंका गरेजस्तै घटना नभएको दावी गरेका छन । पार्टी पद्धति अनुसार चल्नु पर्ने वैठाले बताए। 

२०५६ साल देखि पोखरीया -स्थित जिल्ला उच्चांगल मावि अगाडी तत्कालिन नेकपा एमालेको कार्यालय स्थापना हुदै आएको र २०५६ यता विभिन्न निर्वाचनमा पार्टीको गतिविधिहरु त्यहिबाट संचालित भएकोले सो ठाउं हाल माओवादी र एमाले एकिकरण पश्चात उपयुक्त नभएको तत्कालिन माओवादी निकटको कार्यकर्ताले आपत्ति जनाउदै आएका छन । वैठकले दोषीको पहिचान भए अनुसार छानविन गरी कारवाही गर्न माग गरेको छ। त्यसैगरी पोखरीया बजार क्षेत्र र नगरको विभिन्न चौकमा केहि दिन यता चोरी, अशान्ति घटना बढदै गएकोमा स्थानिय सुरक्षा निकायलाई जिम्मेवार हुन वैठकले गरेको छ। रातिको समयमा बजार क्षेत्र लगायत नगरको विभिन्न क्षेत्रमा गस्ती र निगरानी गर्न स्थानिय सुरक्षा निकायलाई नेकपा वैठकले आग्रह गरेको छ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments