Incident Reports

युनिलिभरमा धर्ना दिने ४० जना प्रहरीको नियन्त्रणमा

2019-06-17

Bagmati, Makawanpur, Hetauda

हेटौंडाको बसामाडीमा रहेको बहुर्राष्ट्रिय उद्योग युनिलिभरमा मजदुरहरुले धर्ना दिएका छन् । मजदुरहरुको बैकल्पिक व्यवस्था विना एकतर्फी उद्योग बन्द गरि आफुहरुलाई बेरोजगार बनाएको भन्दै हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको गंगा सोपका मजदुरहरुले युनिलिभर बसामाडीमा धर्ना दिएका हुन् ।

युनिलिभरको ब्राण्डमा सेम्पु, साबुन उत्पादन गर्दै आएको गंगा सोपसँग एकतर्फी रुपमा सम्झौता खारेज गरी सो उत्पादन युनिलिभर आफैले गर्ने भन्दै आएको छ । करीब १ दशकदेखि उद्योगमा स्थायी रुपमा कार्यरत मजदुरहरुले गंगा सोपको उत्पादन युनिलिभरले नै गर्ने भए आफूहरुलाई स्थान्तरण गर्नुपर्ने वा क्षतिपूर्ति दिनुपर्ने अडान लिदैं आएका छन् ।

तीन महिनादेखि बन्द रहेको गंगा सोपमा करीब ५० जना मजदुर तथा कर्मचारी बेरोजगार भएका छन् । यस अघि पटक–पटक आन्दोलन गरेपनि कुनै निश्कर्ष निस्कन नसकेपछि आज मजदुरहरुले युनिलिभरको गेटमा धर्ना दिएको मजदुर ईकाइ अध्यक्ष पूर्ण सुवेदीले बताएका छन् ।

युनिलिभरले आफूहरुलाई बाँकी भुक्तानी नदिएकाले मजदुरको पारिश्रमिक दिन र क्षतिपूर्ति दिन नसकेको, एकतर्फी रुपमा सम्झौता खारेजी गरेको गंगा सोपले जनाएको छ भने, आफ्नो उत्पादनको ब्राण्ड मात्रै गंगा सोपले गरेकोले त्यहाँ कार्यरत मजदुरको दायित्व आफूहरुले लिन नसक्ने र क्षतिपूर्ति पनि दिन नसकिने युनिलिभर नेपालको भनाइ रहेको छ ।

विहान ८ बजेबाट उद्योगको गेटमा धर्नामा बसेका मजदुरलाई ११ बजे मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । पुनः उद्योग सञ्चालन तथा आफुहरुको रोजगारीको ग्यारेन्टी हुनुपर्ने माग सहित आन्दोलन गरिरहेका मजदुरहरुले १० औँ वर्षबाट काम गरिरहेको आफुहरुलाई उद्योग प्रशासनले क्षतिपूर्ति बिना नै रोजगार खोसेको गुनासो गर्दै आएका छन् ।

हाल बन्द रहेको गंगा सोपमा नेपाली कांग्रेस मकवानपुरका सभापति तथा प्रदेश नम्बर ३ प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका इन्द्रबहादुर बानिया“को मुख्य लगानी रहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments

Related Trend Analysis