Incident Reports

श्रीसिया नदी प्रदूषणको विरोधमा ज्ञापन

2019-06-07

Madhes, Parsa, Birgunj

सरिसवा (नेपालमा श्रीसिया) नदी बचाओ आन्दोलन एवं युवा सहयोग दलले शुक्रवार रक्सौलमा प्रदर्शन गर्दै अनुमण्डल पदाधिकारी अमित कुमारलाई ज्ञापन बुझाएको छ।

श्रीसिया नदी प्रदूषण भएकोमा वीरगंज महानगरपालिका गम्भीर नभएको भन्दै आन्दोलनका अभियन्ता प्राडा अनिलकुमार सिन्हाले अनुमण्डलअधिकारी अमित कुमारको ध्यानाकर्षण गराएका थिए। उनले श्रीसिया नदीमा बग्ने प्रदूषित पानीको बोतल देखाउँदै प्रदूषण रोक्न आफ्नो तहबाट पहल गर्न आग्रह गरे। नदीमा प्रदूषण रोक्न नसकेको र वीरगंज महानगरपालिकाले दशगजा क्षेत्रमा फोहर थुपारेको कारण श्रीसिया नदी झनै प्रदूषित भएको तथा सो क्षेत्रका मानिसहरूलाई आवतजावतमा कठिनाइ भएकोमा ध्यानाकर्षण गराएका थिए।

सो अवसरमा अनुमण्डल अधिकारी अमित कुमारले श्रीसिया नदी प्रदूषण सम्बन्धमा पर्साका प्रजिअको ध्यानाकर्षण गराउँदै आएको बताए। उनले श्रीसिया नदीको प्रदूषणप्रति चिन्तित भएकोमा रक्सौलवासीप्रति आभार प्रकट गर्दै आफ्नो तहबाट हुने सबैखाले प्रयास गर्ने आश्वासन दिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments