Incident Reports

चिनियाँ दूतावास घेराउ गर्न पुगेका एक दर्जन प्रदर्शनकारी पक्राउ

2019-09-09

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंस्थित चिनियाँ राजदूतावास घेराउ गर्न गएका एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । चीनतर्फ हुने नेपाली महिला बेचविखनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चीनतर्फ नेपाली महिला बेचविखन भइरहेको भन्दै तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको ध्यानाकर्षण गर्नका लागि प्रदर्शन गरिएको महिला अधिकारकर्मी सीता ज्योतिले जानकारी दिइन् । 

यसअघि सीमा सुरक्षा समितिका प्रदर्शनकारीले चीनले नेपाली भूमि मिचेको भन्दै पत्र पेश गरेका थिए । नियन्त्रणमा लिइएका प्रदर्शनकारीलाई कमलपोखरी प्रहरी वृत्तमा राखिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Gender-based human trafficking
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments