Incident Reports

श्रीमतीलाई कोदालो प्रहार गर्ने पक्राउ

2019-06-02

Madhes, Dhanusha, Chhireshwornath, Ward 6

प्रहरीले आफ्नै श्रीमतीलाई कोदाला प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ असहरीटोलका देव सदालाई पक्राउ गरेका प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ। सदाले आफ्नै श्रीमती अन्दाजी ३५ बर्षीया शिवशक्ती देवी सदालाई कोदालोले टाउकोमा हिर्काई घाईते बनाएको अभियोगमा आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कोदालो प्रहारबाट गम्भीर घाईते भएकी शिवशक्ती देवीको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ । उक्त घट्ना भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको प्रहरी टोलीले देव सदालाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Bara

0 Comments