Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-09-01

Gandaki, Baglung, Kanthekhola, Ward 5

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा काठेखोला गाउँपालिका-५ बिहुँ बस्ने ६१ वर्षीय चन्द्रबहादुर सुनारविरूद्ध पीडित पक्षले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय, बागलुङमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १५ गते यौन दुर्व्यवहार गरेको भएपनि आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाका आधारमा प्रहरी पीडितकै घरमा पुगेर सदरमुकाम ल्याएको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए ।

'पीडितहरूको आर्थिक अवस्था कमजोर भएकाले यहाँसम्म ल्याउने, घर पुर्‍याउने र सदरमुकाम बस्दा लाग्ने सबै खर्च व्यवस्थापन गर्छौँ भनेर उजुरी दर्ता गराउन पीडितलाई कार्यालयमा झिकाएका हौँ ।'- एसपी भट्टले भने-'आर्थिक अवस्था कमजोर भएकै कारणले उजुरी दिनबाट वञ्चित गर्नुहुँदैन भनेर सहयोग गरिएको हो ।'

हाल घटनाका आरोपित सुनार फरार रहेको र उनको खोजी भइरहेको एसपी भट्टले बताए । पीडित बालिकाको स्वास्थ परीक्षण भदौ २४ गते धौलागिरी अञ्चल अस्पताल, बागलुङमा गरिएको प्रहरीले जनाएको छ ।

सिर्जना पन्त



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Rupandehi

0 Comments