Incident Reports

प्रहरीको सर्वाधिक खोजीमा रहेका सशस्त्र समूहका संयोजक गिरफ्तार l

2013-11-28

Binod Pandey प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका भूमिगत सशस्त्र समूहका बाँके बर्दिया संयोजक रनियाँपुर गाविस-५ निवासी ३७ वर्षीय सिकन्दर खाँलाई मङ्सिर १२ गते प्रहरीले गिरफ्तार गरेको छ । उनी भुमिगत सशस्त्र समूह तराई जनतान्त्रिक पार्टी मधेश बाँके बर्दिया संयोजकका रुपमा रहेका थिए । क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान टोलीले खाँलाई होलिया गाविस-९ बाट गिरफ्तार गरेको थियो । खाँ हत्या, हिंसा, अपहरण, चन्दा असुली, बिष्फोट लगायतका गतिविधिमा सङ्लग्न रहेको प्रहरीले जानकारी दिएको छ । अपराधिक कार्यमा सङ्लग्न भएर अदालतबाट सजाय समेत पाइसकेका र नेपाल प्रहरीको मोष्ट वाण्टेड सूचिमा रहेका सिकन्दर अली शेष खाँ र उनका सहयोगी भारत श्रावस्ती थाना नवावगन्ज हसनपुरका ३५ वर्षीय सलिम खाँलाई पनि प्रहरीले गिरफ्तार गरेको एसपी भुपालकुमार भण्डारीले बताए । प्रहरीले खाँले चारजनाको हत्या गरेको, दुई जनासँग अपहरणपछि २२ लाख फिरौती लिएको र गोली प्रहार गरी हत्या प्रयास गरेको स्वीकार गरेको जानकारी दिएको छ । प्रहरीका अनुसार खाँको साथबाट रिभल्भर प्रयोग हुने दुई थान गोली, कटुवा पेस्तोल र दुई थान गोली, दुई थान मोवाईल, तीनथान सिमकार्ड र नम्बर नभएको कालो रङ्गको पल्सर मोटरसाइकल बरामद गरेको जानकारी दिएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis