Incident Reports

बलात्कारका आरोपितलाई म्याद थप गरी हिरासतमा l

2013-11-28

Gandaki, Kaski, Machhapuchchhre

San Bahadur Thapa एक विदेशी युवतीलाई घुमाउन लैजाने बहानामा बलात्कार गरेको आरोपमा धिताल गाविस-९ घर भई पोखरा उमनपा-६ लेकसाईड बस्ने २६ शिव परियारलाई प्रहरीले मङ्सिर १३ गते म्याद थप गरी हिरासतमा राखेको छ । पोखरा घुम्न आएकी २६ वर्षीया अमेरिकी नागरिकलाई आरोपित परियारले घुमाउन लैजाने क्रममा हेम्जा गाविस-२ स्थित झाडीमा लगेर मङ्सिर १० गते राति १० बजे डर, धम्की दिएर बलात्कार गरेकोले आरोपितलाई कारबाही गरी पाउँ भनी पीडितले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ११ गते उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेशनाथ बास्तोलाले आरोपित परियारलाई मङ्सिर ११ गते प्रहरीले गिरफ्तार गरी उनी विरुद्ध मङ्सिर १२ गते जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताए । उनका अनुसार ट्याक्सी चालक रहेका आरोपित परियारले पीडितलाई चार दिनसम्म आफ्नो ट्याक्सीमा राखेर पोखराका विभिन्न ठाउँ घुमाएका थिए । उनले मङ्सिर १० गते साईड सीन हेर्न जाने भन्दै युवतीलाई स्कुटरमा राखेर हेम्जातिर लगेर बलात्कार गरेका थिए । पीडितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण भयो ।

0 Comments

Related Reports
Related Trend Analysis