Incident Reports

गहना चाेरले महिलाको आँखा फुटाएर हत्या गरे

2019-09-10

Gandaki, Nawalparasi East, Gaidakot, Ward 15

नवलपरासी । नवलपरासीको गैडाकोटमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी महिलाको गरगहना लुटिएर हत्या भएको प्रहरीले जनाएको छ । घरमा एक्लै बस्दै आएकी गैडाकोट १५ मनकामना टोलका ७० बर्षीय जेष्ठ नागरिक भुमादेवी खत्री आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन । उनको मंगलबार राति मृत्यु भएको भएपनि प्रहरीले बुधबार विहान मात्र मुचुल्का उठाएको थियो ।

उनको शव भान्छा कोठाको भाडा माझ्ने स्थानमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको कान, टाउको र अनुहारमा चोट लागेको छ । धारियो हतियार प्रहार नगरेको भएपनि उनलाई गहना लुट्ने क्रममा कुटपिट गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उनको शरिरमा भएको गहना चोरी भएको प्रहरीले अनुमान गरेपनि के कति चोरी भएको खुलेको छैन । उनको तीन छोरा जापान र अष्ट्रेलियामा बस्दै आएका र उनी घर एक्लै बस्दै आएकी थिइन् ।

प्रहरीलाई मंगलबार राति वडा अध्यक्षले खबर गरेर घर जाँदा खत्री मृत अवस्थामा भेटिएकी थिइन । वडाअध्यक्षलाई स्थानीयले खबर गरेका थिए ।

उनको आँखा फुटेको, टाउको, कान अनुहारबाट रगत बगेको घटनास्थलमा पुगेका प्रहरीले जनाएका छन् । घटनामा सम्लग्न रहेको आशंकामा खोटाङको खिचापोखरी घर भई हाल गैडाकोट १५ बेल्डियामा बस्दै आएका ३६ बर्षीय अर्जुन खड्कालाई पक्राउ गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people N
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Kaski

0 Comments