Incident Reports

छुरा प्रहारबाट घाइते

2019-06-25

Province 1, Sunsari, Dharan, Ward 14

सुनसरी धरान उपमहानगरपालिका-१४ तुर्केमा मंगलबार बेलुका छुरा प्रहारबाट एक जना घाइते भएका छन् । रातिको समयमा बर्ष २० का रञ्जित तामाङलाई सोही स्थानका १९ बर्षीय पारुहाङ राई र टुइके भनिने राजकुमार तामाङले एक्कासी छुरा प्रहार गरेका थिए।

घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्क धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । 

छुरा प्रहारबाट शरीरको छाती र ढाडमा चोट लागेका तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ भने घटनामा संलग्न राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अर्का आरोपी पारुहाङ राई तत्काल फरार रहेकोले खोजतलास भइरहेको उक्त कार्यालयले जनाएको छ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports