Incident Reports

बालिका बलात्कार गरी एक युवा फरार

2019-06-05

Province 1, Udayapur, Chaudandigadhi, Ward 3

उदयपुरको शनिबारेमा बालिका बत्कार गरी एक युवक फरार भएको छ । चौदण्डीगढी नगरपालिका – ३ शनिबारे निबासी ३६ वर्षिय देव बहादुर राईले १२ वर्षिय बालिकालाई बलत्कार गरी फरार भएको होे ।

गत राती मोवाईल किनि दिने प्रलोभनमा पारी राती करिब ११ बजे आफ्नै घरमा लगि जबरजस्ती बलत्कार गरेको प्रहरीको जाहेरीमा उल्लेख गरीएको छ । राईको घरमा कोहि नभएको बेला बालिकालाई घरमा ल्याई बलत्कार गरेको जाहेरीमा उल्लेख छ । 

केहि वर्ष देखि दिदी भेनाजुको घरमा बसी स्थानिय विद्यालयमा अध्ययन गर्दै आएका बालिकालाई जबरजस्ती बलत्कार गरेको पिडित पक्षले बताएका छन् । 

विहानी पख ओछ्यानमा नभेटिएपछि दिदी भेनाजुले होहल्ला गरि खोज्ने क्रममा राईको घरमा फेला पारेको थियो । गाउँ समाजामा घटनालाई मिलाउने कोशिस गरेपनि पिडीत पक्ष नमानेपछि घटना प्रहरी कहा पुगेको प्रहरीले जनाएको छ । 

पिडित पक्षले ईलाका प्रहरी कार्यालय बेल्टारमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । बालिका प्रहरीको संरक्षणमा रहेको छ भने स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल लाने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । 

बालिकाको बलत्कारपछि फरार रहेका राईलाई ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचान गरी खोजी कार्य तिब्र बनाईएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments