Incident Reports

जनप्रतिनिधिकै संलग्नतामा यूवा माथि कुटपिट

2019-06-25

Madhes, Dhanusha, Chhireshwornath, Ward 7

धनुषामा एक जनप्रतिनिधिकै प्रत्यक्ष संलग्नतामा युवामाथि कुटपिट भएको छ । गत मंगलबार साँझ क्षरिरेश्वर नगरपालिका ७ दुर्गाटोल निवासी अमर यादवको छोरा वर्ष २३ का सदिप यादवलाई जनप्रतिनिधिकै प्रत्यक्ष संलग्नतामा कुटपिट गरिएको घटना सार्वजनिक भएको हो ।

सोही नगरपालिका ८ का अध्यक्ष असेस्वर महतोको निर्देशनमा उनि संगै रहेका व्यक्तिले आफूमाथि कुटपिट गरेको पीडित सुदिपले बताए।आफू साथी वबा राम प्रकाश महतोको घरमा पूजावाट फकिंदै गर्दा जलाद खोलामा वडा अध्यक्षलगायतको व्यक्तिहरु 'तिम्रो घर कहाँ हो भनेर सोधेको र मैले मेरो घर - महेन्द्र नगर दुर्गाटोल हो' भन्ने वितिक्कै फालामको डण्डी (रडले प्रहार गरेको उनले बताए ।

घाइते यादवलाई तत्काल स्थानिय जनकपुर अस्पताल पुयाएको थियो। कुटपिटबाट घाइते यादवलाई तत्काल स्थानीयले जनकपुर अस्पताल पुयाएको थियो।  कुटपिटबाट गम्भीर घाइते यादवको बायाँ आँखाको 'लेन्स' नै काम नलाग्ने अवस्था रहेको मेडिकल रिपोर्ट देखाएको छ । घाइते सुदिपको टाउकोमा गहिरो चोट रहेको छ भने उनको जिउ भरी निलडाम देखिन्छ । हातखुट्टामा समेत गम्भीर चोट र घाउ देखिएको छ ।

'छोरा सुदिपको गत फागुनमा बिहे भएको थियो । घाइतेका बुबा अमर यादव रुदै भने, 'वडा अध्यक्ष र त्यसका सहयोगीहरुले छोराको आँखा नै फुटाई दियो मलाई न्याय चाहिएको छ। डाक्टरले घाइते सुदिपलाई थप उपचारको लागि बाहिर लिएर जान सल्लाह दिएको पीडित परिवारले बताएका छन् । आफन्त र साथी भाइको आर्थिक सहयोगमा छोराको उपचार गराउदै आएको अमर यादवले जानकारी दिएका छन् ।

वडा अध्यक्ष असेश्वर महतो, बड़ा ८ का झोटीया इच्छापुरका रन्जीत महतो, इनरजीत र धनजीतलगायतका व्यक्ति आफूमाथि सांघातिक आक्रमण गरेको बताए । उनले भने, 'बाँकीलाई मैले चिन्न सकिन 'घटनाको विषयमा अध्यक्ष महतोसंग बुझ्न खोज्दा आफू घटनामा संलग्न नरहेको वताए । महतोले भने, 'घटना घटेको बेला म इच्छापुरमा ढलान भइ रहेको स्थानमा थिए । यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको तर, घटना जो जसले घटाए पनि छानविन गरी दोषीलाई कारवाही हुनु पर्ने महतोले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports