Incident Reports

उदयपुरमा महिलाको रहस्यमय मृत्युपछि श्रीमान पक्राउ

2019-06-18

Province 1, Udayapur, Katari, Ward 7

उदयपुरमा एक महिलाको रहस्यमय मृत्यु भएपछि उनका श्रीमान पक्राउ परेका छन् ।

असार ३ गते गम्भिर अवस्थामा जङ्गलमा फेला परेकी कटारी – ७ की ४५ वर्षीय चित्रकुमारी दर्लामी मगरको उपचारको क्रममा मृत्यु भएपछि सोमबार उनका श्रीमान मिनबहादुर दर्लामी मगर पक्राउ परेका हुन् । 

चित्रकुमारी देउलीकुना नजिकैको जंगलमा गम्भिर घाइते अवस्थामा फेला पारि उपचारको लागि कटारी अस्पतालमा राखिएको थियो । तर, उनको अवस्था गम्भिर भएकोले थप उपचारको लागि बिराटनगर रेफर गरेकै दिन उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

माइती पक्षले श्रीमतीलाई श्रीमानको कुटपिटबाट मृत्यु भएको बताएका छन् । गाउँका केही व्यक्तिले जंगलमा घाँस दाउरा गर्न जाँदा भिरबाट लडेर घाइते भएको बताउँदै आएका छन् । 

इलाका प्रहरी कार्यलय कटारीकाका अनुसार घाइते महिला फेला परेको स्थानमा कुनै लड्ने खालको भिर पहरा नरहेकाले श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु हुन सक्ने आशंका गरिएको छ । 

श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा उनका श्रीमानलाई असार ९ गते सोमबार प्रहरीले नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको लागि इप्रका कटारीमा राखिएको जनाइएको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Morang

0 Comments