Incident Reports

वडा कार्यालयमा बम विष्फोट

2019-09-11

Lumbini, Rolpa, Suwarnabati, Ward 7

रोल्पा : पुर्वी रोल्पाको एक वडा कार्यालयमा बम विष्फोट भएको छ । सुनिल स्मृति गाउँपालिकाको ७ नम्बर वडा कार्यालयमा सकेट र पेट्रोल बम प्रहार गरिएको हो ।    

बम विष्फोटनबाट कार्यालय भवन चर्किएको छ भने वडा अध्यक्षको कोठामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र्रहरी नायव उपरीक्षक चित्र गुरुङका अनुसार भवनबाहिर सकेट बम र कोठाभित्र पेट्रोल बम प्रहार गरिएको अनुसन्धानबाट खुलेको छ । झ्यालबाट पेट्रोल बम प्रहार भएपछि आगलागी हुँदा कोठाको सोफासेट, कार्पेट र प्लाष्टिकका कुर्सी जलेका छन् । 

भदौ २५ गते मध्यरातमा बम विष्फोट गराइएको प्रहरीको भनाइ छ । गाउँलेले मध्यरातमा ठूलो विष्फोटको आवाज सुनेका थिए । घटनाबारे प्रहरीलाई ढिला जानकारी भएको प्रनाउ गुरुङले बताए । सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली दिउँसो ४ बजे घटनास्थल पुगेको थियो । गाउँपालिका र वडाअध्यक्ष विभिन्न माग लिएर काठमाडौं पुगेका बेला वडा कार्यालयमा विष्फोट भएको हो ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ । विष्फोटको जिम्मा कसैले लिएका छैनन् । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले विष्फोट गराएको अनुमान गरेको छ । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments