Incident Reports

देउवाको गृहजिल्लामा प्रधानमन्त्री ओली र प्रचण्डको पुतला दहन

2019-09-15

नेपाली कांग्रेसका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला दहन गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा बाँके कांग्रेस सभापति किरण कोइरालालाई खजुरा गाउँपालिकामा आयोजित जागरण अभियानमा नेकपा कार्यकर्ताले आक्रमण गरी हात भाँचिदिएको विरोधमा आइतबार पुतला दहन गरिएको हो। 
भीमदत्त चोकमा प्रधानमन्त्री र प्रचण्डविरूद्ध नारावाजी गर्दै कांग्रेस कार्यकर्ताले पुतला दहन गरेका हुन्। डडेल्धुरा कांग्रेस सभापति कर्णबहादुर मल्लका अनुसार जिल्ला सभापति कोइरालालाई आक्रमण गर्ने नेकपाका कार्यकर्तालाई कडा भन्दा कडा कारबाही गर्न दबाब दिन कार्यक्रम गरिएको हो। गत बिहीबार खजुरामा भएको जागरण अभियानमा नेकपा कार्यकर्ताको आक्रमणबाट कोइराला घाइते भएकी थिइन्। 
यसअघि शनिबार कांग्रेसले राजधानीको माइतीघरमा उक्त घटनाको विरोध र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments