Incident Reports

अज्ञात समूहद्वारा गाडीमा ढुङगा प्रहार l

2013-11-13

Chetu Sherpa सङ्खुवासभा । ०७० कात्तिक २८ गते, जिल्लाको खाँदबारी नपा-४ लोकेपाङमा र सित्तलपाटी गाविस-१ को सिमानामा पर्ने ढाडेभीरमा बन्दमा गाडी चलाएको भन्दै अज्ञात समूहले गुडीरहेको गाडीमाथि कात्तिक २७ गते साँझ ढुङ्गा प्रहार गरेको छ । मानेभञ्जाङ काउण्टरबाट चन्दनपुरको लागि छुटेको को१च १७१२ नम्बरको गाडीमा बाटो डाँडामाथिबाट ढुङ्गा प्रहार भएको थियो । ढुङगा प्रहारबाट गाडीको अगाडिको भागमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको सङ्खुवासभाका प्रहरी निरीक्षक यमनाथ अधिकारीले बताए । घटनामा संलग्नको पहिचान खुल्न नसकेकोले सो बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनायो । चुनाब बहिष्कार र बन्दको आह्वान गरीरहेकोले नेकपा-माओवादीले घटना घटाएको हुनसक्ने प्रहरीले आशंका गरी अनुसन्धान तिव्र बनाएको छ । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis