Incident Reports

बाबुलाई गर्धनमा खुकुरी प्रहार गर्ने छोरा पक्राउ

2019-09-14

Province 1, Bhojpur, Bhojpur

भोजपुर । प्रहरीले बाबुलाई खुकुरी प्रहार गर्ने छोरालाई अन्ततः पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरका २४ वर्षीय शिवहाङ राई रहेका छन् । 

आइतबार राईले घरायसी विवादमा ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बेलुका भएको घटनालगत्तै फरार रहेका शिवहाङलाई प्रहरीले भैँसीपङ्खाको असिनेबाट पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । 

खुकुरी प्रहारबाट घाइते चन्द्रबहादुरको गर्धनमा अढाइ इञ्च गहिरो चोट लागेको प्रहरीको भनाइ छ । 

खुकुरी प्रहारबाट गम्भीर घाइते चन्द्रबहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोछ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports