Incident Reports

ताला खुलाउन मेयर आफैं बसे धर्नामा

2019-03-10

Madhes, Sarlahi, Balara

सर्लाही जिल्लाको दक्षिण-पश्चिम भारतीय सीमाक्षेत्रस्थित बलरा नगरपालिका कार्यालय खुलाउन माग गर्दै उक्त नगरपालिकाका मेयर आफै धर्नामा बसेका छन् । उपमेयर रामसखीदेवी तथा बहुमत वडाध्यक्षले गरेको तालाबन्दीका कारण अढाई महिनाभन्दा बढी समयदेखि ठप्प बलरा नगरपालिका कार्यालय खुलाउन माग गर्दै मेयर अभयकुमार सिंह आइतबार धर्नामा बसेका हुन् । आइतबार दिउँसो सवा दुई बजेदेखि  दुई दर्जन स्थानीयसँगै मेयर सिंह कार्यालयको मूलगेटमा डेढ घण्टा धर्नामा बसेका थिए। आफूमाथि हुँदै नभएको आरोप लगाएर उपमेयरसहित वडाध्यक्षहरूले कार्यालयमा ताला लगाउँदा सेवाग्राहीलाई निकै समस्या परेको मेयर सिंहको भनाइ छ । 'कार्यालयमा भएको तालाबन्दीका कारण वृद्धवृद्धाको भत्ता मात्र नभई, शिक्षक, स्वास्थ्यकर्मीलगायतको तलब-भत्ता निकासा हुन सकेको छैन ।'

मेयर सिंहले भने, 'विकासका काम ठप्प भएको छ। मेयर सिंहका अनुसार समस्या समाधानका लागि उपमेयरसहित वडाध्यक्षहरू सँग पटक-पटक छलफल भए पनि तालाबन्दी गर्नेहरूले एजेन्डा प्रस्तुत गर्न नसकेर सहमति हुन सकेको छैन।' मेयर सिंहले धर्नास्थलबाटै प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईलाई फोन गरेर ताला फुटाइदिन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल भने बलरा नगरपालिकामा जारी तालाबन्दी खुलाउन मेयर सिंह गम्भीर नभएको बताउँछन्। 'सरकार प्रमुख भएपछि आफ्नै नगर पालिकाका उपमेयर र वडाध्यक्षहरूसँग छलफल गरेर समस्या समाधान गर्नुपर्ने हो', प्रजिअ पोखरेलले भने, 'मैले पटकपटक जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि आउन आग्रह गर्दा उहाँ आउनै मान्नुभएको छैन । उपमेयर र वडाध्यक्ष भने समस्या समाधानका लागि छलफल गर्न तयार हुनुहुन्छ।'

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Mahottari

0 Comments