Incident Reports

फरार अभियुक्त पक्राउ

2019-07-03

Bagmati, Chitawan, Bharatpur, Ward 4

चितवन प्रहरीले फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । गत असार १८ गते राति ११ बजे भरतपुर महानगरपालिका-४ का खगेन्द्र विष्टलाई खुकुरी प्रहार गरी फरार भएका नवलपरासीको गैंडाकोट नगरपालिका-२ का सरोज घिमिरेलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्न चारमध्ये एकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गत असार १८ गते राति ११ बजे भरतपुर-४ निवासी खगेन्द्र विष्टको घर नजिकै हल्ला गर्दै हिँडेको र त्यसो नगर्न आग्रह गर्दा चार जनाको समूहमा रहेका व्यक्तिले विष्टलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

विष्टलाई खुकुरी प्रहार गर्नेमा पक्राउ परेका घिमिरेबाहेक भरतपुर-११ का सुजन लामा, सोही स्थानका सूर्य लामा र माधव चौधरी रहेका छन् । उनीहरूको खोजीकार्य तीव्र पारिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Chitwan

0 Comments

Related Reports