Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-09-16

Bagmati, Kathmandu, Tarakeshwor, Ward 10

काठमाडौं, तारकेश्वर नगरपालिका-१० मनमैंजुस्थित शुभकामना चोकमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा सोही चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका-३ का बा.४ ख ८२ नम्बरको बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।     

उक्त चोकमा बालिका फेला परेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखाकी ११ वर्षीया बालिका फेला पारी अनुसन्धानको क्रममा राईले ती बालिकालाई बसभित्र जबरजस्ती करणी गरेको तथा उनकी साथी रामेछापकी १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरी बालिकाकै कोठामा लगी छाडेको खुल्न आएपछि राईलाई प्रहरीले पक्राउ गरेको हो ।    

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , INSEC

0 Comments