Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2019-09-14

Bagmati, Dolakha, Sailung, Ward 4

३१ वर्षीया पत्नी मैया श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले शैलुङ गाउँपालिका-४ मागाका ३८ वर्षीय कृष्णबहादुर श्रेष्ठलाई भदौ २९ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा साउन २७ गते घरमै झैझगडा हुँदा हातले जथाभावी हिर्काएर घाइते पारिएकी मैया श्रेष्ठलाई उपचारका लागि सैनिक अस्पताल छाउनी भर्ना गरिएको थियो ।

उपचारका क्रममा भदौ २८ गते अस्पतालमा नै मैयाको मृत्यु भएको भन्दै पीडितका आफन्तले हिजो जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरिएको प्रहरी जवान रविन कापरले बताए ।

शवको पोष्टमार्टम भदौ २९ गते काठमाडौँको शिक्षण अस्पतालमा गरिएको छ ।

उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments