Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-09-15

नेत्रविक्रम चन्द विप्लव (नेतृत्व)को प्रतिबन्धित नेकपाका कार्यकर्ता ताँजाकोट गाउँपालिका-५ बस्ने २१ वर्षीय उपेन्द्र रावतलाई प्रहरीले भदौ २९ गते बेलुकी गिरफ्तार गरेको छ ।

रावतले हुम्लाका सरकारी कार्यालयहरूमा नेकपाको आधिकारिक लेटरप्याडमा आर्थिक चन्दा सङ्कलन गरेको आरोपमा प्रहरीले सदरमुकाम सिमकोट बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरले बताए ।

रावतलाई गिरफ्तारपछि जिल्ला प्रहरी कार्यालय, हुम्लास्थित हिरासतमा राखी अनुसन्धान गरिरहेको डिएसपी घर्तीमगरले जानकारी दिए ।

नन्द सिंह


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments