Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-09-15

Bagmati, Nuwakot, Panchakanya, Ward 5

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पञ्चकन्या गाउँपालिका-५ का रमन भन्ने प्रनिल पौठेललाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ ।

पौडेल गएको साउन १६ गते बेलकोटगढी नपा-४ को पेटारेमा रहेको एनसेलको टावर आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा गिरफ्तार गरिएको हो ।

आरोपित पौडेललाई लिखु गाउँपालिका-६ छहरेमा बा ५८ प १३६२ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले बताए ।

आरोपित पौडेल प्रतिबन्धित पार्टी नेकपाको जिल्ला सदस्य र नेकपाको भातृ सङ्गठन युवा सङ्गठनको जिल्ला उपाध्यक्ष समेत हुन् ।

पौडेललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत साउन १६ गते बेलकोटगढी नपा-४ को पेटारेमा रहेको एनसेल कम्पनीको टावरक्षेत्रमा रहेको सोलार प्यानल र व्याट्री बक्समा आगजनी गरिएको थियो ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments