Incident Reports

विप्लव समूहको ‘गोप्य कार्यालय’बाट कटुवा पेस्तोलसहित ‘महत्वपूर्ण दस्तावेज’ बरामद

2019-09-16

बिर्तामोड– सरकारको प्रतिबन्धमा रहेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको झापा बिर्तामोडस्थित गोप्य कार्यालयबाट केही हतियार र दस्तावेजहरु बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोमबार राति बिर्तामोड नगरपालिका–४ स्थित अनुल सारु मगरको कोठामा छापा मारेको थियो । विप्लव समूहका कार्यकर्ता रहेका भनिएका सारुको कोठाबाट उक्त समूहले गोप्य कार्यालय सञ्चालन गर्दै आएको सूचनामा प्रहरीले छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय झापाले सारुको कोठाबाट कटुवा पेस्तोल २ थान, त्यसमा लाग्ने गोली ४ राउण्ड, चन्द संकलनसँग सम्बन्धित कागजात, विभिन्न माइन्यूट बूक, डायरीसहितका दस्तावेज फेला परेका जनाएको छ । 

प्रहरीले सारुको कोठामा छापा मार्ने क्रममा ३ जनालाई पक्राउ समेत गरेको थियो । पक्राउ पर्नेमा छापा मारिएको कोठामा डेरा गरी बस्ने मकवानपुरको भीमफेदी घर भएका २६ वर्षी अनुल सारु मगर, बिर्तामोड–४ मेघावारी चोक बस्ने ४४ वर्षीय टिका पोखरेल र इलामको माङमेवुङ घर भएका ३४ वर्षीय प्रविन मिश्र छन् । गत भदौ २२ गते राति विर्तामोड नगरपालिका–२ चारपानेमा भएको विस्फोटको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी विप्लव समूहको गोप्य कार्यालयसम्म पुगेको थियो । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त टोलीले विप्लव समूहको ‘गोप्य कार्यालय’मा छापा मारेको थियो । प्रहरी टोलीले बिर्तामोडमा भएको बम विस्फोटमा संलग्न भनिएका टिका पोखरेल र प्रविन मिश्रलाई बिर्तामोड नगरपालिका–४ बाट पक्राउ गरेको थियो । उनीहरुकै बयानको आधारमा बिर्तामोडस्थित गोप्य कार्यालयबारे सूचना मिलेको प्रहरी स्रोतले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Police website , Local Newspaper - Sunsari , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments