Incident Reports

अज्ञात समूहद्वारा मोटरसाइकल आगजनी l

2013-11-13

Lumbini, Dang, Tulsipur

Gaman Singh Khadka दाङ । ०७० कात्तिक २८ गते, तुलसीपुर नपा-५ निवासी मङ्गल गुप्ताको रातो रङ्गको रा २ प ३३७६ नम्वरको सुपर स्पिलिन्डर मोटरसाइकल कात्तिक २७ गते बेलुका करिब साढे पाँच बजे तुलसीपुर/घोराही सडकखण्ड अन्तर्गत पर्ने बिजौरी गाविस-१ दुधरासको पत्रे खोलामा अज्ञात समूहले आगजनी गरेको छ । पाँच/छ जनाको समूहमा आएको समूहले आगो लगाई जङ्गल तर्फभागेको स्थानीय यज्ञबहादुर बुढाथोकीले जानकारी दिए । आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरी चौकी हेमन्तापुरका असई खड्गबहादुर डाँगीले बताए । गमनसिंह खड्का

0 Comments

Related Reports