Incident Reports

बालिकालाई जबर्जस्ती करणी गर्ने १ जना र प्रयास गर्ने एकसहित एकै घरका २ दाजुभाइ पक्राउ

2019-09-16

Province 1, Jhapa, Gauradhaha, Ward 1

झापा, ३१ भदौ । इलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबर्जस्ती करणी गर्ने १ जना र प्रयास गर्ने एकसहित एकै घरका २ दाजु–भाइलाई पक्राउ गरेको छ । सोमबार राति ११ बजेको समयमा झापा घर भएकी १५ वर्षीया बालिकालाई उनकै २३ वर्षीय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबर्जस्ती करणी गरी फरार भएका थिए ।

आफूलाई जबर्जस्ती करणी गरेको भन्दै पीडकको घरमा पुगेकी बालिकालाई पीडकका २५ वर्षीय दाजुले समेत सोही जंगलमा लगेर जबर्जस्तीकरणीको प्रयास गरेको भन्दै पीडितको आफन्तले इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराउनासाथ खोजतलाशमा खटिएको प्रहरीको टोलीले घटनामा संलग्न २ जना दाजु–भाइलाईनै पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments