Incident Reports

कथित बोक्सीको आरोप लागेको पीडा खप्न नसकी आत्महत्याको प्रयास

2019-09-15

Sudurpashchim, Kailali, Dhangadhi, Ward 13

धनगढी उमनपा-१३ की २३ वर्षीया सुनिता रानाले आफन्त काकी नाता पर्ने ३८ वर्षीया फुलमाया  रानाले भदौ २९ गते घरमै गई कथित बोक्सीको लाञ्छना लगाई गालीगलौज गर्दै कुटपिट गरेको  अन्याय सहन नसकी पीडित किशोरीले भदौ ३० गते विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन् ।

विष सेवन गरेको थाहा पाए पछि पीडितकी ठुलीआमाले सेती प्रादेशिक अस्पताल पुर्‍याएकी थिइन् । पीडितको स्वास्थ्यमा सुधार भएपछि अन्याय सहन नसकी विष सेवन गरेको स्वीकार गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले आफूलाई कुनै जानकारी नभएको र पीडितबाट कुनै उजुरी पनि नआएको बताए ।

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Suicide
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC , Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali

0 Comments