Incident Reports

मानव बेचबिखन घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-09-11

Lumbini, Rupandehi, Butwal

२५ वर्षीया महिलालाई राम्रो जागिर दिने प्रलोभन देखाई यौनशोषण गरेको आरोपमा प्रहरीले सैनामैना नपा-४ स्थायी घरभई बुटवल उपमहानपा-१० कालिकानगरमा वलकम होटलका सञ्चालक २५ वर्षीया पूजा केसीविरूद्ध भदौ ३० गते प्रहरीमा उजुरी दर्ता गरिएको छ ।

पीडित महिलालाई आरोपितले ललाईफकाई वेटरको काम दिने प्रलोभन देखाएर ग्राहकहरूसँग यौन सम्पर्कका लागि पठाउने गरेको र अन्तिम पटक भदौ २५ गते पठाएको भनी पीडित महिलाले भदौ ३० गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएकी हुन् ।

पीडित महिलाले दिएको उजुरीका आधारमा मानव बेचबिखन तथा ओसार पसार कसुर कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको डिएसपी भिमलाल भट्टराईले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ३० गते नै गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Gender-based human trafficking
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments